Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधान निर्माणमा रहेका  विवादहरुलाई तत्कालै समाधान गरी  जेठ १४ लाई सुखद् र ऐतिहासिक दिन बनाउन चाहेको बताउनुभएको छ ।
शान्ति  र संबिधान लेखनका लागि  नागरिकस्तरबाट सुझाव लिन थालिएको विशेष टेलिफोन सम्वादमा शनिबार कञ्चरनपुरवासीसँग कुरा गदै उहाँले  मुलुकको भाग्य र भविष्यलाई  सुन्दर बनाउन निर्धारित समयमै नयाँ संबिधान ल्याउनुको विकल्प  नभएको बताउनुभयो । विवादित विषयमा  सहमतीको धेरै निकट पुगेको  जानकारी दिदै उहाँले जेठ १४ लाई कुनैपनि राजनीतिक दलले  दुखद दिन बनाउन नचाहेकोले तोकिएको समयमै  नयाँ संबिधान आउनेमा  आशंका नगर्न आग्रह गर्नुभयो ।
शुक्रबार मात्रै  कैलालीमा  हतियार  भेटिएको प्रसंगमा अध्यक्ष खनालले हतियार बाहिर राखेर अगाडि बढाइएको  शान्ति प्रक्रियाले जनतामा रहेको दिगो शान्ति र समृद्धिको अपेक्षालाई  कुठराघात गर्ने वताउनुभयो ।
खनालले एमाले कञ्चनपुरका अध्यक्ष ईश्वरीप्रसाद खरेल, कांग्रेसका जिल्ला सचिव भोजरान बोहोरा, एकीकृत माओवादीका जिल्ला ईन्चार्ज डीजी पाण्डे, महिला प्रतिनिधि लक्ष्मी विक, नागरिक अगुवा भवराज जोशी, जनजातिका बलबहादुर डगौरा र अधिकारकर्मी भगत विकसँग  कुराकानी गर्नुभयो ।
तपाईको प्रतिक्रिया