Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – माओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय पहिचानसहित माओवादीले अघि सारेअनुसार १४ प्रदेशकै वरिपरि हुनेगरी संघीय संरचना तयार हुने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार जनजाति ककससँगको भेटमा दाहालले सात प्रदेशमा सहमति भयो भनी सञ्चारमाध्यममा आएको समाचार ‘पूर्ण झुटो’ भएको जनाउँदै पहिचानसहितको संघीयता तय गरिने बताएका हुन्।

भेटको नेतृत्व गरेका जनजाति ककसका अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य पृथ्वी सुव्बा गुरुङले ‘जातीय पहिचानसहित १४ प्रदेशकै आधारमा संघ बन्ने कुरा नै अहिलेसम्मको संवैधानिक र वैज्ञानिक दुवै हिसाबले उपयुक्त हुने दाहालले बताएको जानकारी दिए ।

जनजाति ककसको अगुवाइमा भएको भेटमा माओवादी, कांग्रेस र एमालेका शीर्ष तहका नेता थिए। माओवादीका अर्थमन्त्रीसमेत रहेका वर्षमान पुन, हितमान शाक्य, गोपाल किराती, सन्तोष बुढामगर र अमर तमु ककस टोलीमा थिए। कांग्रेसबाट जिपछिरिङ लामा, तुलसी सुब्बा, सीता गुरुङ, एमालेबाट उपाध्यक्ष अशोक राई, पोलिटब्युरो सदस्य रकम चेम्जोम, किरण गुरुङलगायत थिए।

जनजाति नेताले ६ वा ७ प्रदेश आफूहरुले कुनै पनि हालतमा स्वीकार नगर्ने धारणा दाहालसमक्ष राखेका थिए। जनजाति नेताहरुले जातीय पहिचान र समार्थ्यलाई आधार मानेर प्रदेशहरु निर्धारण नगरिए आफूहरुलाई मान्य नहुने धारणा राखेका थिए। ***

तपाईको प्रतिक्रिया