Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

 अहिले तपाईको ‘रिलेसन स्ट्याटस’ के हो?

– सिंगल।

भनेपछि आजसम्म कोहीसँग माया बसेन?

– प्रेम प्रस्तावहरू आए पनि खासै ध्यान दिन सकिनँ। स्कुलमा छँदा ब्वाइफ्रेन्ड बनाउनु पर्छ भन्ने मान्यता थियो। अहिले मान्यताहरू परिवर्तन भइसके। अब कोही ब्वाइफ्रेन्ड भयो भने जीवनभर साथ दिने होस्। तत्काल करियरमै समर्पित छु। लभ गर्न र ब्वाइफ्रेन्डसँग घुम्न टाइम छैन।

सम्भावित ब्वाइफ्रेन्ड, त्यस्तो कोही देखिएको छ कि? बिहे गर्ने बेला भएको छैन?

– ‘डान्स विथ मी’ एल्बम रिलिज गरेपछि आफ्नै लागि समय दिन सकेकी छैन। लभ गर्ने मान्छे पनि खोज्न पाएकी छैन। कोही भेट्ने कुरै भएन।

बिहे कहिले गर्ने त?

– अबको पाँच वर्षपछि चाहिँ पक्कै गर्छु।

त्यो मान्छे कस्तो होस् भन्ने लाग्छ?

– मेरो करियरलाई सकारात्मक रूपमा लिने होस्। त्यो नेपाली वा विदेशी जो पनि हुन सक्छ। पढेलेखेको र राम्रो लुक्स भएको चाहियो।

तपाईको परिवारबाट बिहेको लागि दबाब आएको छैन?

– मेरो ६ जना दिदीबहिनी र एक भाइ छन्। म माथिका तीन जनाले पनि २८ वर्ष जतिमा बिहे गरेका हुन्। परिवारबाट कुनै दबाब छैन। बरू सहयोग छ। एकदुई चोटी केटाले माग्न आएका थिए। ममीले नै वास्ता गरिदिनुभएन।

‘नेपाली तारा’ प्रतियोगितापछि तपाईको अफेयर चलेको हल्ला थियो। के हो?

मैले पनि हल्ला सुनेकी हुँ। दुई जना केटाले आफ्नो आर्थिक फाइदाका लागि हल्ला चलाएका रहेछन्।

तपाईका फ्यानहरू धेरै छन्। फ्यानले पनि प्रेम प्रस्ताव राखे होला नि?

‘नेपाली तारा’ हुँदा फ्यानहरूले मेलमा प्रेम प्रस्ताव राख्थे। अहिले पनि विभिन्न ठाउँमा कन्सर्टको लागि पुग्छु। कसैले पनि व्यक्तिगत रूपमा ‘आई लभ यु’ भनेको चाहिँ छैन। भीडमा सुनिने कुरा अलग्गै भो।

ब्वाइफ्रेन्ड नहुँदा खल्लो हुँदैन?

त्यस्तो चाहिँ हुँदैन। बरू ब्वाइफ्रेन्ड भयो भने धेरै सम्झौता गर्नुपर्ने हुन्छ। अहिले आफ्नै जीवनलाई समय दिने प्रयासमा छु।

 

तपाईको प्रतिक्रिया