Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दुबई । सन् १९९८ मा स्थापना भएको नेपाली एकता समाज अन्तरराष्ट्रिय रुपमा विश्वको विभिन्न देशहरुमा परिचालनमा रहेको छ । विश्वमध्ये युएइस्थित सञ्चालनमा रहेको नेपाली एकता समाज युएइले हिजो २० अप्रिल शुक्रबारका दिन दुबईको फोरचिउन होटलमा आफ्नो दोस्रो राष्ट्रिय भेला विधिवत रुपमा नयां सालको शुभकामना आदानप्रदानसंगै विभिन्न सांगीतिक माहौलमा सम्पन्न गरेको छ ।

उक्त भेलाको अध्यक्षता नेपाली एकता समाज युएइका उपाध्यक्ष शिवराज जैसीले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा अन्तरराष्ट्रिय उपाध्यक्ष मानबहादुर थापा रहनुभएको थियो । बिशेष अतिथिमा नेपाली समाज युएइका अध्यक्ष कृष्ण ढकाल रहनुभएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधानसम्पादक लालबहादुर ढेंगा, महिला समितिकी महासचिव सावित्री एमसी, फेवा फोर्सका अध्यक्ष गुप्तशेखर पौडेल, विश्व साइकल यात्री शौरभ दाहाल, हिमालयन टेलिभिजनका प्रतिनिधि राजेन्द्र कुंवर, नेपाली चलचित्रका चर्चित नायिका पूजना प्रधान र चर्चित मोडल आशिष पुरुष रहेका थिए ।

प्रमुख अतिथि मानबहादुर थापा र विशेष अतिथि कृष्ण ढकालको संयुक्त रुपमा दीप प्रज्वलन गरी थालनी गरिएको भेलाको शुभकामना मन्तव्य सचिव लेखनाथ अधिकारीले राखेका थिए । “छेकेर छेकिदैन इतिहासको पानालाई.. रोकेर रोकिदैन जनताको आंधीलाई..झरनाको चिसो पानी..।” रंक्तिम परिवारका प्रस्तुतिमा रहेको यो गीतले दर्शकहरुको मनलाई छुनमा सफल भएको थियो भने सूर्य केसीको प्रस्तुति “दुबई घुम्नलाई आएको.बिच बाटोमा यति राम्री सुन्दरी भेट भएको..” गीतले दर्शकहरुलाई नचाएर नै छाडेका थिए । त्यस्तै अन्य सांगीतिक प्रस्तुतिले भेलाको माहौललाई तताएका थिए ।

विभिन्न क्षेत्रमा आफ्नो योगदान दिने व्यक्तिहरुलाई सम्मान-पत्र दिएर सम्मानित गरेका थिए । जसमा सम्मानित हुने व्यक्तिहरुमा नेपाली समाज युएइका अध्यक्ष कृष्ण ढकाल, नेपाली समाचार पाक्षिकका प्रधान सम्पादक लालबहादुर ढेंगा, नेपाली चलचित्रका चर्चित नायिका पूजना प्रधान, विश्व साइकलयात्री शौरभ दाहाल र हिमालयन टेलिभिजनका प्रतिनिधि राजेन्द्र कुंवर रहेका थिए ।

सोही अवसरमा मानबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ । जसअनुसार उपाध्यक्षमा कृष्ण केसी, लेखनाथ अधिकारी र यामबहादुर पुन, महासचिवमा कृष्ण भुसाल, सचिवमा प्रकाश जिसी र कोषाध्यक्षमा केशव शर्मा रहेका छन् भने सदस्यहरुमा चिरन केसी, तुल्सा थापा, सावित्री एमसी, रेशम सापकोटा र योगेन्द्र थापालाई चयन गरेको छ । अन्य वैकलपिक सदस्यहरुमा लिलाकान्त चालिसे, टिका खड्का, सुकबहादुर गुरुङ, प्रविन वि.क र जुना पछाई रहेका छन् । त्यस्तैगरी सल्लाहकारहरुमा शिवराज जैसी, दीपक शाह र देवबहादुर थापा रहेका छन् ।

विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरु रहेका दोस्रो राष्ट्रिय भेलाको सञ्चालन समाजसेवी कृष्ण भुसालले गर्नु भएको थियो । ***

 

 

 

तपाईको प्रतिक्रिया