Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- संविधानका विवादित विषयमा बैशाख ११ गते हुने मत विभाजनमा दलका हृवीप विपरीत फ्लोर क्रस हुने सम्भावना बढेको छ ।
जनजाति, मधेसी, मुस्लिम, दलित र महिला सभासद्ले आ-आफ्नो जाति, क्षेत्र र लिंगका आधारमा लविङ सुरु गरेपछि यस्तो सम्भावना बढेको छ । खासगरी जनजाति सभासद्ले जातीयताको आधारमा संघीयता चाहेका छन् भने सवै दलका मधेसी सभासद्ले स्वायत्त मधेस प्रदेशको मागमा अडान लिएका छन् ।
सवै दलका सभासद्हरु पार्टी हृवीपभन्दा जनजाति, मधेसी, मुस्लिम, दलित र महिला भनेर अघि बढेका छन् । पछिल्लो समयमा मधेसी सभासद्हरुको मोर्चाबन्दीले हृवीप विपरीत ‘फ्लोर क्रस’ सम्भावना बढेको एक माओवादी सभासद्ले बताए ।
तपाईको प्रतिक्रिया