Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकारको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
रोजगार तथा अध्ययनलगायत प्रयोजनका लागि विदेशमा रहेकाहरूलाई पनि मताधिकार दिनुपर्ने माग बढिरहेका बेला आयोगले अध्ययन समिति बनाएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निलकण्ठ उप्रेतीले जानकारी दिए ।
आयोगका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित सात सदस्यीय समितिमा गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने, अर्थ मन्त्रालयका सहसचिव राजन खनाल, गृहका भोला शिवाकोटी, परराष्ट्रका अर्जुनबहादुर थापा, कानुनका  राजुमानसिंह मल्ल सदस्य र आयोगका सहसचिव शारदाप्रसाद त्रिताल सदस्यसचिव छन् ।
आयोगले समितिलाई यससम्बन्धी अध्ययन गरी सिफारिस र त्यसको कार्यान्वयनका लागि कार्ययोजना प्रस्ताव गर्न निर्देशन दिएको छ ।
समितिले मतदान तथा मताधिकारसम्बन्धी नेपालको वर्तमान अवस्था, अन्य मुलुकहरूमा गैरआवासीय नागरिकलाई प्रदान गरिएको मताधिकार प्रकृति, आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाबारे प्रतिवेदन तयार पार्नुपर्ने आयोगका सहसचिव तथा प्रवक्ता त्रितालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया