Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- ६०१ जनाको संविधानसभा खाली छ, बैठक बस्न सकेको छैन, सभासद्हरु संविधान बनाउनभन्दा घरधन्दामा व्यस्त छन् ।
त्यतिविधि सभासद्हरुबाट सहमति नभएको संविधानको मस्यौदा कोर्न अर्थात् भनौं विवादित विषयमा सहमति खोज्न हात्तीवनमा शीर्ष नेताहरु जुटेका छन् । एक माओवादी सभासद्ले भने- ‘यदि ठूला दलका १५ जना नेताले संविधान बनाउने भए, जित्ने हार्नेले मिलेरै संविधान बनाउने भए त्यति धेरै राज्यकोष खर्च गरेर किन निर्वाचन गर्नु ?’
सभासद्हरुले महत्त्वपूर्ण विषयमा छलफलको अवसर नपाए पनि नेताहरु खाने बस्ने मिलाएरै रिसोर्टको छलफलमा जुटेका छन् । संविधान निर्माणसम्बन्धी विवादका बुँदामा सहमति खोज्न हात्तीवन रिसोर्ट आवसीय बैठक गरिरहेका शीर्ष नेता, मन्त्री तथा प्रधानमन्त्रीले राति सुत्नका लागि कोठा बुक गरेका छन्। रिसोर्ट स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति सुशील कोइराला कोठा नम्बर १० मा सुत्ने छन्।
संसदीय दलका नेता रामचन्द्र पौडेलका लागि कोठा नं ८ बुक गरिएको छ।
यसैगरी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका लागि कोठा नम्बर २६, पूर्वप्रधानमन्त्री माधव नेपालका लागि २४, बामदेव गौतमका लागि २५, केपी ओलीका लागि २३, सुरेन्द्र पाण्डेका लागि २१ र भीम रावलका लागि कोठा नम्बर २० बुक गरिएको छ।
प्रधानमन्त्री बाबुराम भट्टराई तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल बस्ने कोठाबारे गोप्य राखिएको छ ।
नेताहरुसँगै उनीहरुका स्वकिय सचिवहरुका लागि पनि कोठा बुक गरिएको छ। कांग्रेस सभापति कोइरालाका पीए लक्ष्मण ढकालका लागि कोठा नम्बर १५ र एमाले अध्यक्ष खनालका पिए रामबाबु अधिकारीका लागि कोठा नम्बर १४ बुक गरिएको छ।
यो रिसोर्ट फर्पिङ नपुग्दै सेतीदेवी गाविसस्थित भञ्ज्याङमा अवस्थित छ।
रिसोर्टमै रात बिताउने भएपछि प्रधानमन्त्री, मन्त्री तथा नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फर्काइएको छ। ‘भोलि ४ बजेसम्म बैठक बस्ने सम्भावना देखिएकाले सुरक्षाकर्मी फर्काइएको हो,’ स्रोतले भन्यो।
तपाईको प्रतिक्रिया