Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- राष्ट्रिय जनमुक्ति पार्टीले आइतवारदेखि सुरु गरेको तीनदिने नेपाल बन्द सरकारसँगको वार्तापछि आइतवार अपराह्नदेखि फिर्ता भएको छ । जातीय पहिचानका आधारमा राज्य पुनःसंरचना सुनिश्चित हुनुपर्ने मागसहित उक्त पार्टीले बन्दको घोषणा गरेको थियो ।
बन्द फिर्ता लिएपछि टिप्पणी हुने गरेको छ– प्रधानमन्त्रीले जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापालाई हटाउने भनेपछि फिर्ता भयो, चाइनिज् सामानभन्दा सस्तो बन्द !
सिंहदबारमा आइतवार भएको वार्तामा पार्टीले राखेका माग कार्यान्वयनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयले सम्बन्धित निकायमा आग्रह गर्ने, बन्दका क्रममा गिरफ्तार गरिएका कार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्ने र तीनदिने बन्दको कार्यक्रम फिर्ता गर्ने सहमति भएको सो पार्टीका स्थायी समिति सदस्य खिलध्वज थापाले जानकारी दिए ।
वार्तामा सरकारका तर्फबाट मन्त्री सत्या पहाडी र उक्त पार्टीका तर्फबाट उपाध्यक्ष केपी पालुङ्गवालगायत सहभागी थिए । थापाका अनुसार बन्दका क्रममा देशभर करिब ५०० कार्यकर्ताको गिरफ्तारी भएको थियो ।
तपाईको प्रतिक्रिया