Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– समाजमा भन्ने नै गर्दछन् नि बुढापाकाहरुले मर्नुभन्दा बहुलानु निको । मर्नु र बहुलाउनुभन्दा बरु जंगलतिरै पस्नु उचित ठान्यो माओवादी वैद्य समूहले ।
शान्ति प्रक्रिया संविधान निर्माणप्रति असन्तुष्ट मोहन वैद्य समूह अन्ततः हात्तीवनमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहभागी भएको छ । अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराईले ‘संविधानविरोधी’ भनेपछि उनीहरु बैठकमा गएका हुन् ।
बैठकमा वैद्य समूहका सवै शीर्ष नेता सहभागी भएका छन् । तर पार्टीमा भने दुई समूहबीच पानी बाराबारको स्थिति छ । यसैबीच प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले संविधान निर्माण गर्न तर्फ लाग्नु पर्ने बेलामा सरकार परिवर्तन गरिए मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए ।
पौडेलले अहिले सरकार परिवर्तनमा लाग्नु भनेको काशी जानु कुत्तिको बाटो जस्तो उल्टो प्रक्रिया भएको भन्दै यहि सरकारमा काग्रेस र एमाले सहभागी भएर संविधान जारी गर्नु पर्ने धारणा राखे ।
उनले भने– ‘तत्काल सरकार बदल्नु हुँदै काग्रेस र एमाले सरकारमा आउनु पर्छ संविधान बनाउनु पर्छ । अहिले प्रधानमन्त्रीको राजीनामा र सरकार परिवर्तनको कुरा असान्र्दभिक हो । यहि सरकारले संविधान जारी गर्छ । अर्को विकल्प छैन ।  नयाँ सम्झौतले पुराना सहमतिहरु आफै प्रतिस्थापन गर्छ । त्यसमा विवाद गर्नुको कुनै औचित्य छैन ।’
यद्यपि उनले दलहरुवीच सहमति बने सहमतिको सरकारकोलागी प्रधानमन्त्री डा. बाबुराम भट्टराई बाधक नबन्ने भने स्पष्ट पारे ।
उनले चार बुँदे सहमतिको बचाउ गर्दै मधेसीसहित नसमेटिएका जात जातीलाई सेनामा समेट्ने कुरा राष्ट्रघाती हुनै नसक्ने भन्दै त्यसलाई विधी प्रक्रिया पुर्याएर नेपाली सेनालाई समावेशी बनाईने बताए ।
नागरिकता, न्यायप्रणली, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा दलहरु सहमतिको नजिक पुगिसकेको भन्दै संघीयतामा नामकरण र सिमाङकनमा प्रमुख रुपमा समस्या रहेको उनको धारणा थियो ।
पहिचान सहितको संघीयतामा माओवादीले कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पार्दै पौडेलले जात जातिको बाहुल्यता नै पहिचान भएको दावी गरे ।
तपाईको प्रतिक्रिया