Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
इलाम- पञ्चकन्न्या गाउँ विकास समितिमा परेको चट्याङबाट एकै घरका दिदी-बहिनीको मृत्यु भएको छ । आइतबार दिउसोको चट्याङले घरमै बसिरहेका १४ वर्षीया सपना र १३ वर्षीया विनु राईको घटनास्थलमै मृत्यु भएको स्थानीय पारस राईले जानकारी दिए । मेलामा मकै गोडिरहेका दुवै दिदी-बहिनी पानी परेपछि घरमा ओत लाग्न आउनेबित्तिकै चट्याङ परेको थियो ।
उनीहरुको घरमा बिजुलीको वाइरिङ र अर्थिङ गरिएको छैन । विद्युत् पनि फेग्जिवल तारबाट ल्याइएकाले खाली खुट्टै उभिएका उनीहरुलाई चट्याङको झड्काले भेटेको हुन सक्ने पारसले बताए । विद्युत् तारनजिकैका रुखका पात ओइलाएकाले चट्याङ तारमै परेको उनको भनाई छ ।
चट्याङले राईको घरमा पनि सामान्य क्षति पुगेको छ । अहिले उनीहरुका बाबु नवीन राई र अन्य परिवार शोकाकुल बनेका छन् ।
तपाईको प्रतिक्रिया