Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
रुकुम- रोल्पास्थित माओवादी लडाकु शिविरमा रहेका ३ सय जना लडाकुले बाध्यकारी स्वेच्छिक अवकाश रोजेका छन् । आइतबार भएको पुनः वर्गीकरणमा पाँचौं डिभिजनअन्तर्गत रहेका मुख्य र सहायक शिविरका लडाकु गरी ३ सयले यस्तो अवकास रोजेका हुन् ।
उनीहरु सरकारले दिने भनिएको पहिलो किस्ता र बाटो खर्च रकम बुझेर घर फिरेका हुन् ।
पाचौँ डिभिजन दहवन रोल्पा अन्तर्गत सुनिल स्मृति मुख्य शिविर दहवनमा दोस्रो चरणको पुनः वर्गीकरण कार्य आइतबार सम्पन्न भएको हो । मुख्य शिविर दहवन रोल्पाबाट ३ सय जनाले बाध्यात्मक स्वेच्छिक अवकाश रोजेका छन् । सहायक शिविरमा भने आइतबारदेखि पुनः वर्गीकरण सुरु गरिएको छ ।
६ सय ५३ जना रहेको मुख्यालय दहवनबाट स्वेच्छिक अवकाश रोज्ने लडाकुहरुले पहिलो किस्ताको रकम लिएर शिविर छाडेका छन् । ३ सयको अवकाश भएपछि दहवनमा अब ३ सय ५३ जनामात्र छन् । खिन्न मन लगाएर शिविर छोड्दा उनीहरु असन्तुष्टि भएर घर फिरेका हुन । सँगै रहेका साथीहरु नेपाली सेनाको तालिममा सहभागी हुनै लाग्दा आफूहरुलाई भने संयुक्त राष्ट सङ्घले योग्य ठहर्‍याए पनि अन्तिममा आएर घर फिर्नुपरेको भन्दै पार्टी नेतृत्व र कमाण्डरसँग गुनासो गरेका थिए ।
तपाईको प्रतिक्रिया