Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– आफूले सरुवा गरेका श्रम विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउँदा मन्त्री सरिता गिरीलाई हटाएजस्तै प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ मन्त्रीलाई पनि हटाउने चेतावनी दिएका छन् ।
नयाँ श्रम तथा यातायात व्यवस्था मन्त्री मालवरसिंह थापाको राष्ट्रिय जनमुक्ति पार्टीले निर्धारित समयमा संविधान बनाउने सम्भावना नदेखिएको भन्दै दवाव दिन आइतबारदेखि तीन दिन नेपाल बन्द गरेपछि प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । सरकारले निर्धारित समयमा संविधान नबनाएर ०४७ सालकै संविधान ब्युँताउन खोजेको आरोप पनि सो पार्टीले लगाएको छ ।
जातीयता र धर्म निरपेक्षताको सवाललाई लिएर सो पार्टीले २०६९ जेठ १४ गते नयाँ संविधान जारी गराउन वर्तमान प्रधानमन्त्रीलाई चैत १४ गते दश बुँदे ज्ञापन पत्र बुझाएकोमा हालसम्म कुनै प्रतिक्रिया नआएकाले बन्द आह्वान गरिएको बताइएको छ ।
प्रधानमन्त्रीको निर्देशनमा थापाले बन्द फिर्ता लिनेबारे पार्टीमा छलफल सुरु गरे पनि अन्यले मानेका छैनन् ।
तपाईको प्रतिक्रिया