Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- श्रम तथा यातयात व्यवस्था मन्त्री एमएस थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टीले आहृवान गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।
जातीय स्वयत्तता, पहिचान र सामर्थ्यको आधारमा राज्यको नयाँ संरचना गर्नुपर्ने माग गर्दै जनमुक्ति पार्टीले आइतबारदेखि तीनसम्म नेपाल बन्द आहृवान गरेको हो । बन्दका कारण देशभर यातायात बिहानैदेखि चलेका छैनन् ।
आइतबार रिपोर्टस् क्लबमा कार्यक्रम गरि राष्ट्रिय जनमुक्ति पार्टीले ठूला दलले संविधानसभा विघटन गरी मुलुकलाई अन्योल र अस्थिरतातार्फ धकेलेर संघीयता नै खारेज गर्ने षड्यन्त्र गरेको आरोप लगाउँदै बन्द आहृवान गरेको हो ।
आन्दोलन परिचालन समितिका  संयोजक केपी पालुङ्वाले ठूला पार्टीहरुले २०४७ सालको संविधानमा गणतन्त्र थपेर किस्ताबन्दीको संविधान जारी गर्ने कुचेष्टा गरेको आरोप लगाउनुभयो । बन्द असफल बनाउने कासिस भएमा प्रतिकार गरिने उहाँले चेतावनी दिनुभयो ।
तपाईको प्रतिक्रिया