Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी सेनाका लडाकु कमान्डरहरुसँग संयुक्त छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा सेना समायोजन विधि प्रक्रिया तथा लडाकुहरुले पाउने पद लगायतको विषयमा छलफल भएको थियो ।
सेना समायोजन विशेष समितिको निर्णय अनुसार माओवादी सेनाका लडाकुहरुको शिविरहरुमा नेपाल सेना प्रवेश गरी सकेपछिको अवस्थाबारे पनि सो अवसरमा छलफल भएको थियो ।
अध्यक्ष दाहालका प्रेस संयोजक सन्तोष पौडेलका अनुसार समायोजनको प्रक्रियालाई तत्काल सुरु गर्न र बाँकी रहेका विवादका विषयलाई चाँडै टुङ्ग्याउनसमेत कमान्डरहरुले सो अवसरमा माग गरेका थिए ।
विश्वासिलो वातावरण बनेको छ भनेर मात्रै हुँदैन तत्कालै सबै प्रक्रियालाई हल गर्नुपर्दछ भनेर कमान्डरहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री  भट्टराईसँग माग राखेको प्रेस संयोजक पौडेलले जानकारी दिए ।
कमान्डरहरुले राखेको जिज्ञासाको जवाफ दिँदै पार्टी अध्यक्ष दाहालले आजै बस्ने सेना समायोजन विशेष समितिको बैठकबाटै सबै विषय टुङ्गो लाग्ने विश्वास दिलाएका थिए ।
राजनीतिक दलहरुको बीचमा नेपाली सेना अन्तर्गत गठन हुने महानिर्देशनालय, तालिम अवधि, ब्रिज कोर्षलगायतका विषयमा पनि टुङ्गो लाग्ने भन्दै अध्यक्ष दाहालले  सबै विषय अगाडि बढी सकेपछि जनअपेक्षा अनुसारको संविधान निर्माणका लागि पार्टी क्रियाशील हुने धारणा राखेका थिए ।
प्रधानमन्त्री भट्टराईले समायोजनको प्रक्रियाबारेमा कमान्डरहरुलाई जानकारी गराउका थिए । माओवादी सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालका अनुसार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले समायोजनका सबै प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
छलफलमा सहभागी माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन र राजधानीमा उपलब्ध कमान्डरहरुको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया