Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौँ- नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले शान्ति प्रक्रियामा पछिल्लो समयमा भएको सहमतिको जस कुनै एक पार्टी वा नेतालाई मात्र दिन नहुने बताएका छन्। भर्खरैको सहमतिलाई पुष्पकमल दाहालले आफ्नोमात्र निर्णय भनी गरेको प्रचारप्रति पनि उनी रिसिए।
उनले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्दा पीडितलाई न्याय र पीडकलाई सजाय वा दुवैको मिलापको अवस्था सिर्जनामा पनि जोड दिए।
चैत २८ गते एमाओवादीका लडाकुहरुलाई नेपाली सेनाको मातहतमा हस्तान्तरण गर्ने विशेष समितिको निर्णयलाई सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो मात्रै निर्णयका रुपमा प्रस्तुत गरेकामा महासचिव पोखरेलले असन्तोष व्यक्त गरे।
एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को क्षेत्रीय जनसभालाई सम्बोधन गर्दै विशेष समितिका सदस्यसमेत रहेका पोखरेलले आफ्नो पार्टीले लामो समयदेखि शान्ति र संविधानका लागि गर्दै आएको पहल र दबाबको भूमिका नभुल्न आग्रह पनि गरे।
राज्यको शासकीय स्वरुपको निर्धारण गर्दा निरङ्कुशता र अस्थिरताको अन्त्य हुने ढङ्गले गर्न पनि उनले सुझाव दिए।
सभासद्हरु शान्ति अधिकारी, रत्‍न गुरुङ, एमालेका राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य नारायण सिलवाल, क्षेत्रीय अध्यक्ष हरि अधिकारीलगायतले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए।
तपाईको प्रतिक्रिया