Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले अहिले भन्दा बढी शक्ति भउको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री रहने शासकीय स्वरुपमा मधेसी मोर्चाको समर्थन रहने स्पष्ट पारेका छन् ।
हिमालय टेलिभिजनमा आज राती ९ बजेर ५ मिनेटमा प्रशारण हुने दि आरडी सोकालागी ऋषि धमलासाग कुरा गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले एमालेले अगाडि ल्याए जस्तो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने ब्यवस्था स्विकार्य नहुने बताए ।
उनले भने-प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री निरकुंश हुन सक्छ । तर संसदबाट निर्वाचित प्रधानमन्त्रीले गल्ती गरेपनि हटाउन सकिन्छ त्यसैले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासन प्रणाली हामिलाई अस्विकार्य छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमै राष्ट्रिय सहमति हुने दावी गर्दै काँग्रेस र नेकपा एमाले पनि सरकारमा आउने विषयमा गृहकार्य भईरहेको जानकारी उनले दिए । गच्छदारले प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकारले नै संविधान जारी गर्ने र त्यसपछिको पहिलो निर्वाचन समेत गराउने ठोकुवा गर्दै भने-जसको नेतृत्वमा मुलुकमा शान्ति र संविधान सुनिश्चित हुन्छ उसको विकल्पा खोज्नु भनेको मुर्खता हो । अहिले सरकार परिवर्तनकेा कुरा गर्नै हुादैन ।
मधेसी मोर्चा र माओवादी वीच भएको चार बुादे सहमतिकै आधारमा शान्ति र संविधान निर्माणको कार्य अघि बढेको दावी गर्दै उनले तीन प्रमुख दल र मधेसी मोर्चा वीच भएकेा सात बुादे सहमति सहायक सम्झौता मात्रै भएको बताए ।
मधेस स्वायत्त प्रदेश बन्ने ठोकुवा गर्दै गच्छदारले मधेस प्रदेश भित्र कति प्रदेश बन्छ भन्ने कुराको निर्णय त्यसपछि मात्रै गरिने बताए ।
गच्छदारले जातीय पहिचान बेगरको संघियता हुनै नसक्ने भन्दै राष्ट्रपतिले भने जस्तो जातीय आधारमा बन्ने संघीयतालाई देश विखण्डन नगर्ने समेत स्पष्ट पारे ।
सेना समायोजनमा रहेका विवादहरु सहमतिमै छिट्टै टुङगीने विश्वास ब्यक्त गर्दै नेपाली सेनामा कुनै पनि हालतमा माओवादी हावी हुनै नसक्ने ठोकुवा गरे ।
नेपाली सेना शान्ति र संविधान प्रति प्रतिबद्धत भएर सरकारको निर्देशन अनुसार चलिरहेको भन्दै उनले नेपाली सेना शान्ति प्रति प्रतिबद्धत नभएको भए सेना समायोजन कार्य असम्भव हुने टिप्पणी गरे । उनले माओवादीको पहिचान छाडेर नेपाली सेनाको निर्देशन र निति नियम अनुसार लडाकु समायोजन हुन सक्ने भन्दै पहिचान कायम हुन नसक्ने बताए ।
तपाईको प्रतिक्रिया