Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
सातामा एक पटकमात्र नुहाउन पाइने-
खोटाङ- गाउँमा भएको कुवा, धारा र पँधेरा सुक्दै गएपछि खोटाङ राजापानीका समुदायलाई समस्या भएको छ। प्रशस्त पानी नपाइने र जिल्लाकै सुख्खाग्रस्त गाविस मानिएको राजापानीमा स्वच्छ पिउने पानीका लागि रातभरि पँधेरा पर्खेर बस्नुपर्ने बाध्यता आएको हो।
‘गाउँमा भएका खानेपानीको स्रोत सुक्न थाले, हातमुख धुन र भाततरकारी पकाउनसमेत धौधौ छ स्थानीय गृहिणी पूर्णकुमारी खड्काले भनिन्- गाउँमा भएको कुवा र पँधेराबाट पानी ल्याउन आलोपालो पर्खदा कहिलेकाहीँ राति कुवामै बास हुन्छ।
राजापानी–१ र ४ मा स्थानीय खहरे खोलाको दोभानमा रहेको कुवाबाट पानी ल्याउने पालो बाँडिएको स्थानीय दक्ष मगरले बताए।
गाउँमा पानीको हाहाकार मच्चिएपछि नुहाउन र लुगा धुनका लागि हप्तामा प्रतिघर एक जनाले मात्र नुहाउन पाउने नियम लागु गरिएको छ। पानी नभएपछि गैरी, ठूलोचौर, फुस्रेसल्ला र मङ्सिरे टोलमा समस्या भएको छ।
तपाईको प्रतिक्रिया