Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्धारित समयमै नयाँ संविधान ल्याउन राष्ट्रिय सहमतिको सरकार निर्माण अनिवार्य भएको बताएका छन्। सात बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय सहमतिको सरकार निर्माणमा उनले जोड दिए।
शान्ति र संबिधान निर्माणका बिषेश टेलिफोन सम्बादमा शनिवार मुगुका नागरिकसंगको कुराकानीमा अध्यक्ष खनालले शान्ति प्रक्रियाको मुलभुत काम सकिएकोले तत्काल आफुहरु संबिधान निर्माणमा जुट्ने जानकारी गराउनुभयो ।
अध्यक्ष खनालले मुगुका पुर्व जिविस सभापति मोहन बानियाँ, एकीकृत नेकपा माओबादीका जिल्ला इन्चार्ज मंगल शाही, कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही, लगायतसंग टेलिफोन संबाद गर्नुभएको थियो ।
शान्ति र संविधान निर्माणका लागि नागरिकस्तरबाट सुझाब लिन थालिएको टेलिफोन सम्बादमा आज मुगुबासीसँग कुरा गर्दै खनालले शान्ति प्रक्रियाको मुख्य काम सकिएकाले तत्काल आफूहरु संविधान निर्माणमा जुट्ने जानकारी दिए।
तपाईको प्रतिक्रिया