Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा विभिन्न व्यवसायमा संलग्न युवा उद्यमी तथा गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष समेत रहेका भवन भट्टको प्रमुख लगानीमा सञ्चालन हुन लागिएको बीबी एयरवेजलाई नेपालस्थित नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालन तथा उडान अनुमतिपत्र (एओसी) दिएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्न पाउनेगरी बुधबार एओसी दिएको हो ।

बीबीले एओसी प्राप्त गरेको एक वर्षभित्र सेवा सुरु गरिसक्नुपर्नेछ । नेपालमा हाल २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान सञ्चालन गरिरहे पनि नेपालबाट भने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र बुद्ध एयरले भारतमा मात्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।

बीबीले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि गत पुसको तेस्रो साता पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको थियो । असोज ८ मा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि आवेदन दिएको बीबीलाई मन्त्रीस्तरीय निर्णयबाट इजाजतपत्र दिइएको थियो । प्राधिकरणले एओसी दिएसँगै बीबीलाई आवश्यक जहाज भित्र्याउन र सेवा सञ्चालनका लागि बाटो खुलेको छ । एओसीमा एयरवेजले विमानस्थलमा पालना गर्नुपर्ने सर्त उल्लेख गरिएका हुन्छन् ।

मन्त्रालयले दिएको स्वीकृतिअनुसार बीबीले अन्तर्राष्ट्रिय क्षेत्रमा मात्र वायुसेवा सञ्चालन गर्न पाउनेछ । इजाजतपत्रमा तीनवटा बोइङ ७६७–३०० जहाजद्वारा उडान भर्न पाउने उल्लेख छ । तीमध्ये दुई वटा जहाज पहिलो चरणमा र बाँकी तीन वर्षभित्र आवश्यक प्रक्रिया मिलाई खरिद गर्नुपर्नेछ । बीबीलाई नयाँ दिल्ली (भारत), बैंकक (थाइल्यान्ड), क्वालालम्पुर (मलेसिया), हङकङ, टोकियो (जापान), दोहा (कतार) र सिंगापुर क्षेत्रमा उडान अनुमति दिइएको छ । आउने सेप्टेम्बरबाट जहाज उडाउने योजना कम्पनीको छ ।

बीबी एयरवेजस्रोतका अनुसार कम्पनीले बोइङ ७६७–३०० जहाजमार्फत नेपालबाट गन्तव्य मुलुकमा उडान सेवा सञ्चालन गर्नेछ । नेपालबाट यसअघि कस्मिक एयर, नेकोन एयर, फ्लाई यतीलगायतले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरे पनि कुनै एयरलाइन्सले निरन्तरता दिन सकेनन् । कस्मिक र नेकोन बन्द भइसकेका छन् भने फ्लाई यती सञ्चालन गरेको यती एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा बन्द गरी पुनः राष्ट्रिय उडानमा सीमित छ । पछिल्लो पटक निजी वायुसेवा कम्पनीहरूको साझेदारीमा अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्स स्थापनाको प्रयास अघि बढे पनि त्यो प्रक्रिया अघि बढ्न सकेको छैन । ***

तपाईको प्रतिक्रिया