Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– माओवादी अध्यक्ष प्रचण्डको निर्देशनमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो हातबाटै नयाँ संविधान जारी गर्ने अडान लिएका छन् ।
नयाँ सरकार निर्माणबारे दलहरुबीच बहस चलिरहेकाबेला चुनावी सरकारको नेतृत्व गर्ने बेलामात्रै आफूले राजीनामा दिने स्पष्ट पारेका छन् । स्रोतका अनुसार माओवादीको आन्तरिक छलफलमा भट्टराईले अहिले कांग्रेस–एमालेलाई सरकारमा ल्याउने र संविधान जारी भएपछि आफूले राजीनामा दिने बताएका छन् ।
‘शान्ति प्रक्रिया सकिएपछि नयाँ संविधान जारी गर्नु मेरै दायित्व ठानेको छु,’ प्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘म चाहन्छु नयाँ संविधान मेरो नेतृत्वको सरकारले नै जारी गरोस् ।’ उनले शुक्रबारको सम्बोधनमा पनि यहि कुरामा जोड दिएका छन् ।
तर कांग्रेसले भने नयाँ संविधान आफ्नो नेतृत्वको सरकारले जारी गर्ने दाबी गर्दै आएको छ ।

कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अबको राष्ट्रिय सहमतीय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने दाबी गर्छन् ।
‘कांग्रेसकै पहलमा जनयुद्धमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम भएको हो,’ उनले भने, ‘शान्ति प्रक्रिया र संविधानका केही काम गर्न बाँकी छ, यसलाई निष्कर्षमा पुर्‍याउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्छ ।’
संविधानसभाको ठूलो दल एनेकपा माओवादीले दुई पटक सरकारको नेतृत्व गरिसकेको र तेस्रो ठूलो दल नेकपा एमाले पनि सरकार सञ्चालन गरिसकेकाले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा नेपाली काँग्रेस विश्वस्त रहेको उनले बताए।
तपाईको प्रतिक्रिया