Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– आफूले सरुवा गरेका श्रम विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउँदा मन्त्री सरिता गिरीलाई हटाए पनि प्रधानमन्त्री बाबुराम भट्टराईका नयाँ मन्त्रीले पनि सास्ती नै दिने भएका छन् ।
नयाँ श्रम तथा यातायात व्यवस्था मन्त्री मालवरसिंह थापाको राष्ट्रिय जनमुक्ति पार्टीले निर्धारित समयमा संविधान बनाउने सम्भावना नदेखिएको भन्दै दवाव दिन वैशाख ३, ४ र ५ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । सरकारले निर्धारित समयमा संविधान नबनाएर ०४७ सालकै संविधान ब्युँताउन खोजेको आरोप पनि सो पार्टीले लगाएको छ ।
जातीयता र धर्म निरपेक्षताको सवाललाई लिएर सो पार्टीले २०६९ जेठ १४ गते नयाँ संविधान जारी गराउन वर्तमान प्रधानमन्त्रीलाई चैत १४ गते दश बुँदे ज्ञापन पत्र बुझाएकोमा हालसम्म कुनै प्रतिक्रिया नआएकाले बन्द आह्वान गरिएको बताइएको छ । यद्यपि प्रधानमन्त्रीको निर्देशनमा थापाले बन्द फिर्ता लिनेबारे पार्टीमा छलफल सुरु गरेका छन् ।
तपाईको प्रतिक्रिया