Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- पूर्वप्रधानमन्त्रीहरुको सुरक्षा र सवारी खोसेलगत्तै  पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिइँदै आएको नेपाली सेनाको सुरक्षालाई पनि हटाएको छ ।
पूर्व राजा र उनका परिवारको सुरक्षाका लागि नेपाली सेनाले सेनानीको नेतृत्वमा २५ जना सैनिक खटाएको थियो । सरकारको निर्णयअनुसार नेपाली सेनाले पूर्व राजाको सुरक्षाका लागि खटाएको जनशक्ति फिर्ता भएको नेपाली सेनाका प्रवक्ता एवम् सहायकरथी रमीन्द्र क्षेत्रीले जानकारी दिए ।
सरकारको निर्णयअनुसार पूर्व राजा र उनको परिवारका  सुरक्षाका लागि सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५० जना खटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र खनालले जानकारी दिनुभयो ।
सरकारले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको सुरक्षा खोसे पनि पुनः नयाँ मापदण्ड बनाएर दिने तयारी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया