Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौँ- राष्ट्रपति डा रामवरण यादवले नयाँ वर्ष २०६९ को शुभदिनको शुभ बिहानीमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरूमा शान्ति, सुख र समृद्धिको निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति डा यादवले नव वर्ष २०६९ को अवसरमा आज दिएको सन्देशमा वि.स. २०६२/०६३ को जनआन्दोलनमार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिहरूको व्यवस्थापन हाम्रा लागि अझै पनि चुनौतिकैरुपमा रहेको उल्लेख छ।
पछिल्ला दिनमा शान्ति प्रक्रियामा भएका केही सकारात्मक पहलकदमीले अवश्य पनि आशा र सम्भावना जगाएका छन् भन्दै उनले मुलुक र आमजनताको अहिलेको अपेक्षा संविधानसभाको बाँकी अवधिभित्रै नयाँ लोकतान्त्रिक संविधानको निर्माण र कार्यान्वयन हो भनेका छन्।
सन्देशमा लामो समयदेखिको राजनीतिक अन्योल र अस्थिरताको अन्त्यसँगै मुलुकलाई आर्थिक र सामाजिक विकासको पक्षमा डोर्‍याउन पनि संविधान निर्माण प्रक्रियाले पूर्णता पाउनु अपरिहार्य छ भन्दै उहाँले जननिर्वाचित संविधान निर्माण प्रक्रियाले संविधानसभाले बनाउने सङ्घीय लोकतान्त्रिक संविधान नै गणतन्त्र नेपालको आधारशीला हुने कुरामा कसैमा पनि द्विविधा रहनुहुँदैन भनिएको छ।
यसै अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको शुभकामना सन्देशमा भनिएको छ-ऐतिहासिक जनआन्दोलनको सफलता पश्चात हामी मुलुकमा दिगो शान्ति स्थापना गर्न र नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अग्रसर छौँ। नयाँ वर्षको सङ्घारमा नै हामी शान्ति प्रक्रियालार्य सार्थक निष्कर्षमा पुर्‍याई एउटा महत्वपूर्ण कार्यभार पूरा गर्न लागेका छौँ।
प्रधानमन्त्री भट्टराईले हाम्रा सामु रहेका चुनौतीहरू सम्बोधन गर्न दलहरूका बीचमा उच्चस्तरको जिम्मेवारीबोध, सहमति र सहकार्यको आवश्यकता रहेको छ भन्दै सन्देशमा हामी राजनीतिक दलहरूलाई उक्त दायित्व निर्वाह गर्न सम्पूर्ण जनसमुदायलाई आ-आफ्नो ठाउँबाट सजग गराउन आह्वान गर्दछु भनेका छन्।
“लोकतान्त्रिक र जनमैत्री संविधान निर्माणका लागि सार्वभौम संविधानसभा क्रियाशील छ। तर दलहरूका बीचमा राज्यको पुःनसंरचना, शासकीय स्वरुप, शासन प्रणालीजस्ता विषयहरूमा सहमति हुन बाँकी रहेकोले संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेर पनि टुङ्ग्याउन सकिएको छैन” भन्दै सन्देशमा प्रधानमन्त्रीले शान्ति प्रक्रियामा सरकारको तर्फबाट हरतरहले सघाउने वचनबद्धता व्यक्त गरेका छन्।
आजको यस महत्वपूर्ण अवसरमा मुलुकमा सुशासनको प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, ढिलासुस्तीको अन्त्य, कानुनको पूर्ण पालना, मानवअधिकारको रक्षाजस्ता महत्वपूर्ण जिम्मेवारीहरू दृढतापूर्वक पूरा गर्न म सम्पूर्ण राष्ट्रसेवकहरूलाई आह्वान गर्दछु, प्रधानमन्त्रीले भनेका छन्।
प्रधानमन्त्रीले अबको हाम्रो मूल गन्तव्य आर्थिक विकास र सुशासनको माध्यमबाट न्यायपूर्ण, समतामूलक र समृद्ध नेपाल निर्माणको हो भन्दै उक्त उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमति, सहकार्य र एकता संविधान निर्माण र दीगो शान्तिको लागि अपरिहार्य रहेको पनि उल्लेख गरेका छन्।
तपाईको प्रतिक्रिया