Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
बागलुङ – माओवादी प्रवक्ता एवंम् शिक्षामन्त्री दिनानाथ शर्माले आफ्नो दल लचक भएर शान्ति प्रकृया टुंगोमा पुर्‍याएकोले संविधान निर्माणका विषयमा अन्य दलले लचकता देखाउनु पर्ने बताएका छन् ।
माओवादीको प्रचण्ड पक्षले जिल्लामा आयोजना गरेको पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा शर्माले आफ्नो दलले अब कुनै पनि विषयमा लचकता देखाउन नसक्ने चेतावनी समेत दिएका छन् ।
‘अध्यक्ष प्रचण्डले बुद्धिमत्ता देखाएर शान्ति प्रकृयालाइ एउटै निर्णयमा टुंगोमा पुर्‍याउन सक्नु भयो’ शर्माले भने,’अन्य दलका नेताले पनि चौडा छाती देखाएर संविधान लेखनलाइ त्यस्तै निर्णयमा टुंग्याउन सक्नु पर्छ ।’
बैद्यपक्षले गरेको विरोधलाई सामान्य भन्दै शर्माले लोकतन्त्रमा विरोध गर्न पाउने अधिकारको संज्ञा दिएका छन् । ‘पुत्ला जलाउने सहमति भएको होइन, तर निर्णय मान्दैनौं, बैठकमा पनि आउन सक्दीन भनेपछि माओवादीले हतियार र लडाकुको व्यवस्थापनमा साहसी निर्णय गरेको हो’ शर्माले भने,’साना तिना विवादमा विरोध गर्दैमा संविधान जारी गर्न समस्या पर्दैन ।’
तपाईको प्रतिक्रिया