Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई कैद सजाय भोगिरहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्ले आउँदो साता कैदमुक्त हुने भएका छन् । सर्वोच्च अदालतले बुधबार उनको कैद र जरिवाना रकममा २० प्रतिशत मिनाहा दिएपछि उनी वैशाखको पहिलो साता कैदमुक्त हुने भएका हुन् ।
सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा २ चैत ०६७ मा सर्वोच्च अदालतले वाग्लेलाई डेढ वर्ष कैद सजाय र चार करोड छ लाख रुपियाँको बिगो तथा जरिवानाको फैसला गरेको थियो । तर, बुधबार न्यायाधीश रामकुमारप्रसाद शाह र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले २० प्रतिशत कैद तथा जरिवाना रकम मिनाहाको आदेश दिएको छ ।
सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार उनले एक सय सात दिन कैद सजाय र ४० लाख ६० हजार रुपियाँ जरिवाना मिनाहा पाएका छन् । भ्रष्टाचारी ठहर भई सदरखोर डिल्लीबजार कारागारमा ३ चैत ०६७ देखि कैद सजाय भोगिरहेका बाग्लेलाई ‘मुलुकी ऐन, दण्ड-सजायको महल ४१ को ‘क’ बमोजिमको सुविधा दिनू’ भन्ने अदालतको आदेश भएपछि उनी कैद मुक्त हुने भएका छन् ।
तपाईको प्रतिक्रिया