Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
झापा- झापाका पत्रकार यादव पौडेलको हत्या भएको ८ दिनपछि प्रहरीले प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले प्रतिवेदनसँगै तीन हत्यारा पनि सार्वजनिक गर्‍यो ।
यस्तो छ प्रहरी प्रतिवेदन
घटना विवरण :
मिति २०६८/१२/२२ गते राती १२:४५ बजेको समयमा जिल्ला झापा शनिश्चरे गा.बि.स.वडा नं.७ बिर्तामोड नयाबसपार्क स्थितमा रहेको पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउस अगाडि जिल्ला मोरङ्ग सिजुवा गा.बि.स.वडा नं.९ घर भई हाल जिल्ला झापा अनारमनी गा.बि.स.३ स्थित बिर्तामोडमा डेरा गरी बस्दै आएका सञ्चारकर्मी यादव पौडेलको हत्या भएको ।
जाहेरी दरखास्तको विवरण :
मिति २०६८/१२/२५ गते मृतक यादव पौडेलको जेठान नाताका छबिलाल खतिवडाले निम्न ब्यक्तिहरु बिरुद्ध यस कार्यालयमा किटानी जाहेरी दरखास्त दिएको । निम्न-
(१)जिल्ला मोरङ्ग सुन्दरपुर गा.बि.स.वडा नं.५ घर भई हाल जिल्ला झापा शनिस्चरे गा.बि.स.वडा नं.७ बिर्तामोड स्थित होटल पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसका संचालक अं.बर्ष ३९ का सोमनाथ ढकाल ।
(२) ऐ.बस्ने निजकै श्रीमती बर्ष २६ कि मन्जु भन्ने फुलमाया कार्की ढकाल ।
(३) जि.झापा शनिस्चरे गा.बि.स.वडा नं.५ घर भई हाल अनारमनी गा.बि.स.वडा नं.३ बस्ने अं.बर्ष ३४ को होटल व्यवसायी युवराज गिरी ।
(४) जिल्ला पाँचथर स्थायी घर भई हाल जिल्ला झापा अनारमनी गा.बि.स.वडा नं.३ बिर्तामोड स्थित कृषीथोक बजारमा डेरा गरी बस्ने ठेक्का पट्टाको कारोबार गर्ने बर्ण गोरो बर्ष अं.२८ को मदन राई ।
अनुसन्धान प्रकृया :
(१) तत्काल घटनास्थलमा फेला परेका ब्यक्तिहरुसँग घटनाको बारेमा सोधपुछ ।
(२) घटनास्थल आसपासका ब्यक्तिहरु र प्रत्यक्षदर्शीहरुसँग सोधपुछ ।
(३) घटनास्थल तथा लाशको प्रकृतिको निरीक्षण र बिश्लेषण ।
(४) लाश पोष्टमार्टम रिपोर्ट ।
(५) प्राबिधिक बिश्लेषण ।
(६) घटनामा संलग्न लगायतको बिगतको पृष्ठभूमीको बिश्लेषण ।
अनुसन्धानबाट खुलेका तथ्यहरु :
(१) मिति २०६८/१२/२१ गते राती अं.१९ बजेको समयमा मृतक यादव प्रसाद पौडेल र युवराज गिरी बिर्तामोड नया बसपार्क स्थित होटल देउरालीमा पुगी मादक पदार्थ सेवन गरी अं.२२:०० बजे निस्किएको ।
(२) अं.२२:२० बजेको समयमा जि.ट्रा.प्र.का.बिर्तामोड पुगी ५/७ मिनेट बसि त्यहाँबाट घर जान भनि निस्किएको । घरमा नगई दुवै जनाको श्रीमती नभएको कारण पुर्वाञ्चल सेकुवा कर्नर एण्ड गेस्ट हाउसमा गई बस्ने सल्लाह गरी त्यसै तर्फ गएको ।
(३) अं.२३:०० बजेको समयमा दुबैजना पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसमा पुगी रात त्यही बस्ने योजनाका साथ पुनः मादक पदार्थ सेवन गरेको र सोहि क्रममा गित गाई रमाईलो समेत गरेको ।
(४) सोहि क्रममा प्रसङ्गबस मदन राईको सन्दर्भ आए पछि युवराज गिरीले मदन राईलाई फोन गरी २० मिनेट सम्म दुबै जना बिच फोनबाटनै बादबिवाद भएको ।
५) अं. २० बजेको समयमा मदन राई सहित ५/६ जना ब्यक्ति उक्त होटलमा आई ढोका खोल्न र युवराज गिरीलाई बाहिर निकाल्न भन्दै हल्लाखल्ला गरेको ।
(६) होटल साहु सोमनाथ ढकाल र सोही होटलमा ग्राहकको रुपमा बस्न आएका रोजन र योगेश रनपहेली समेतले सम्झाई बुझाई ढोका नखोली होटल बाहिरैबाट मदन राईको समुहलाई १०/१५ मिनेट पछि फर्काई दिएको ।
(७) बाहिर मदन राईको समुहले हो-हल्ला गरी रहदा युवराज गिरी पनि निहु खोज्दै अगाडि आए पछि होटल साहुले झै-झगडा हुन सक्नेदेखि युवराज गिरीलाई माथि जानुहोस् भनि माथि पठाएको।
(८) निज गिरीसँगै होटल साहुनी मन्जु भन्ने फुलमाया कार्की ढकाल र यादव प्रसाद पौडेल पनि माथि गएको।
(९)मन्जु र युवराज दुबैको भनाई अनुसार छतमा ३ जना पुगेको स्वीकार गरेको। होटलको छतमा पुगे पछि मृतक यादव पौडेलले मन्जु ढकाललाई अंगालो मार्न खोज्दा युवराज गिरी रिसाई दुबै बिच बादबिवाद भई तानातान भएको।
(१०) अनुसन्धानको क्रममा होटल साहुनी मन्जु भन्ने फुलमाया कार्की र युवराज गिरी बिच बिगत ११/२ बर्ष अघि देखि नै घनिष्ठ सम्बन्ध रहि पटक-पटक शारीरिक सम्बन्ध समेत रहेको भनी निज मन्जु कार्कीले नै अनुसन्धानको क्रममा खुलाएको।
(११) बिवाद र तानातान हुने क्रममा युवराज गिरीले मृतकलाई उक्त होटलको छतबाट धकेली खसालि दिए पश्चात निजको भुईमा बजारिन पुगि मृत्यू भएको भन्ने प्रत्यक्षदर्शी मन्जु भन्ने फुलमाया कार्कीले खुलाएको।
१२) पोष्टमार्टमको रिपोर्ट अनुसार पनि मृतकको शरीरमा कुनै धारिलो हतियार तथा अन्य चिजबस्तुले प्रहार गरेको नदेखिएको।
हालसम्मको अनुसन्धान निष्कर्ष :
(१) घटना पश्चात नियन्त्रणमा लिएका ब्यक्तिहरु मध्ये हाल सम्मको अनुसन्धानबाट घटनामा संलग्नता नदेखिएकाहरुलाई आजै छाडिने, बाकिको हकमा थप अनुसन्धान गरिने ।
(२) उक्त होटलमा युवराज गिरी र मृतक यादव प्रसाद पौडेल प्रबेश गरे पश्चात अन्य कोहि पनि ब्यक्तिहरु प्रबेश नगरेको हाल सम्मको अनुसन्धानबाट खुलेको ।
(३) मृतक यादव प्रसाद पौडेललाई पक्राउ परेका युवराज गिरीले पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसको छतबाट खसाली हत्या गरेको ।
कानूनी प्रकृया/प्रहरी कार्य :
(१) किटानी जाहेरी दरखास्त पर्न आए पश्चात कर्तब्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी पक्रउ परेका ब्यक्तिहरु मध्ये निम्न ब्यक्तिहरुलाई मिति २०६८/१२/२५ गतेबाट लागु हुने गरी सम्मानित झापा जिल्ला अदालतबाट दिन ५ म्याद लिई अनुसन्धान कार्य अगाडि बढाईएको । जाहेरी दरखास्तमा उल्लेखित फरार अभियुक्त मदन राईको हकमा निज लुकिछिपी बस्न सक्ने संभाबित स्थानहरुमा ब्यापक रुपमा प्रहरी परिचालन गरी खोजतलास गर्ने कार्य भइरहेको।
तपाईको प्रतिक्रिया