Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- पाँच वर्षसम्म रोकिएको शान्ति प्रक्रिया पूरा भएपछि हौसिएका प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माणबारे बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
माओवादी लडाकु शिविर नेपाली सेनालाई जिम्मा लगाएसँगै ५ वर्षदेखिको शान्ति प्रक्रियाको गतिरोध हटेपछि प्रधानमन्त्रीले बिहीबार साँझ सवा ६ बजे सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनमा प्रधानमन्त्री भट्टराईले नयाँ संविधान निर्माणका लागि दलहरुलाई आह्वान गर्दै जनतालाई आश्वस्त पार्ने बताइएको छ ।
प्रधानमन्त्रीले राष्ट्रिय सरकारका लागि संविधानसभाको दोस्रो र तेस्रो ठूलो दल क्रमशः कांग्रेस र एमालेलाई पनि आहृवान गर्ने स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया