Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं – इन्डोनेसियाको दक्षिण पश्चिम आचेह प्रान्तमा बुधबार दिउँसो ८ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
अमेरिकी भूवैज्ञानिक केन्द्रले विश्वभर भूकम्पको धक्का महसुस गरिएको छ । भारत, थाइल्याण्ड र सिंगापुरमा बढी भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । उसले आचेह प्रान्तको राजधानी बांदाबाट ४ सय ९५ किलोमिटर क्षेत्रमा भूकम्प गएको जनाएको छ ।
इन्डोनेसियामा पाँच मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको जनाएका छन् ।
बुधबार दिउँसोको भूकम्पको धक्का नेपालभर महसुस गरिएको भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घर बाहिर निस्किए ।
बुधबार बिहान ८ बजे पनि बझाङ केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख सापकोटाले बताए ।
तपाईको प्रतिक्रिया