Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
 काठमाडौं – विशेष समितिको निर्णयलाई ‘आत्मसमर्पणवादको पराकाष्ठा’ भनेको वैद्य समूहले बुधबार बिहान चक्काजाम र साँझ मसाल जुलुस निकालेको छ । विरोध कार्यक्रममा वैद्य कार्यकर्ताहरुले प्रधानमन्त्री बाबुराम भट्टराई र पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरे ।
माओवादी वैद्य समूहका कार्यकर्ताले बोकेको मसाल प्रहरीले खोसेपछि केहीबेर तनाव भयो । यद्यपि वैद्य समूहले मसाल जुलुस भने निकालेरै छाड्यो ।
प्रहरीले मसाल खोस्नेक्रममा भएको झडपमा तीन प्रहरी र ११ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको बीर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये दुई प्रदर्शनकारीको अवस्था गम्भीर छ ।
वैद्य पक्षले बुधबार देशव्यापी रुपमा आव्हान गरेको चक्काजामको क्रममा पोखरामा एकसभासद सहित १४ जना  पक्राउ परेका छन् ।
सभासद श्रीराम अधिकारी  सहित पक्राउ परेका  १४ जना कार्यकर्तालाई  जबरजस्ती  सवारी चल्न बन्द गराउदै हिडने  क्रममा प्रहरीले पक्राउ परेका हुन ।
पक्राउ परेका सबैलाई दुई  घण्टा नियन्त्रणमा लिएर  छाडिएको  जिल्ला प्रहरी प्रमुख यादवराज खनालले बताए ।
तपाईको प्रतिक्रिया