Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ । नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले जेठ १४ अघिनै नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने बताएका छन् ।
शान्ति र संविधानको लागि दवाव अभियान अन्र्तगत रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएका सञ्चारकर्मीहरुको टोलीसँगको कुराकानीमा उनले काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने त्यसले संविधान निर्माण कार्यलाई सहज बनाउने दावी गरे । कोइरालाले भने-यसले दलहरुवीच विश्वासको बातावरणलाई अझै मजबुत बनाउँछ । दलहरुले हातेमालो गरेर मुलुकलाई विकास तिर अगाडि लैजानुपर्छ । राष्ट्रिय सहमतिकै सरकारले मात्र मुलुकलाई अब सहि दिशा दिन सक्छ ।
शान्ति प्रक्रिया पछि कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा पहिला नै तय भएको स्मरण गर्दै भने-शान्ति प्रक्रियापछि काँग्रेसको नेतृत्वमा सहमति सरकार स्वभाविक हुन्छ । यसले प्रक्रियालाई अगाडि बढाउन सहज बनाउँछ । यद्यपि उनले अब फेरि बहुमतीय सरकार बनाउने कुराप्रति भने असहमति प्रकट गरे ।
आफूलाई सरकारको नेतृत्वको कुनै मोह नभएको स्पष्ट पार्दै सभापति कोइरालाले काँग्रेसबाट सरकारको नेतृत्व कस्ले गर्छ भन्ने कुराका निर्णय केन्द्रीय समितिले गर्ने बताए । उनले भने- म सभासद पनि छैन अनि कसरी मेरो नेतृत्व भन्न मिल्छ नेतृत्व गर्न त सभासद पनि बन्नु पर्यो नी ।
माओवादी लडाकु, हतियार र शिविर नेपाली सेनाको जिम्मामा दिने विशेष समितिको निर्णयलाई सकारात्मक ब्रेक थु्रको संज्ञा दिदै सभापति कोइरालाले अहिलेको जस्तो निर्णय पहिला नै माओवादीले गर्न सकेको भए अहिलेको जस्तो जटिल परिस्थित मुलुकमा आउँदैन थियो भनि टिप्पणी गरे ।
विश्वमा अहिले लोकतन्त्रको लागि आन्दोलन भईरहेको उदाहरण प्रस्तुत गर्दै त्यसको आधारमा पनि नेपालमा लोकतान्त्रिक संविधान नै बन्नु पर्ने जिकिर गरे ।
दलहरुवीच संघीयतामा जाँदा धेरै प्रदेश बनाउँदा मुलुकको हित नहुने कुरामा सहमति बनिसकेको उल्लेख गर्दै सभापति कोइरालाले संख्यामा भने सहमति बनिनसकेको स्पष्ट पारे । ***
तपाईको प्रतिक्रिया