Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
विराटनगर- यौन असन्तुष्टिको विषयमा विवाद हुँदा मोरङको सुन्दरपुरमा पतीले  आफ्नै पत्नीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।
सुनसरीको कुशाहा–४, भलुवाही घरभै मोरङको सुन्दरपुर–३ मा डेरागरि वस्दै आएका ३५ वर्षीय नरेश विकले आफ्नी पत्नी २७ वर्षीया आशा विकको आज विहान ३ वजे हत्या गरेका हुन् ।
संगै ओछयानमा सुतेका पती नरेश र पत्नी आशावीच यौन सम्बन्धको विषयलाई लिएर आपसी झगडा भएको थियो । त्यसपछि उत्तेजित भएका  पती नरेशले पत्नी आशालाई हातखुट्टा र लात्त प्रहारगरी कुटपिट गरेका थिए ।
पतीको कुटपिटलाई पत्नी आशाले प्रतिवाद गरेपछि रिसको आवेशमा नरेशले खुकुरी सहित आशालाई सडकमा पुराएर दुवै हात र वाँया  खुट्टा छिनाली दिएको प्रहरीले जनाएको छ । पत्नीको अर्धमृत्त शरीरलाई रक्ताम्मे छाडेर पती नरेश फरार भएका थिए ।
गम्भीर घाईते भएकी आशालाई तत्काल प्रहरी र गाउँलेको सहयोगमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । तर उनको आजै विहान ७ वजे उपचारका क्रममा मृत्यू भएको ईलाका प्रहरी कार्यालय वेलावारीका प्रहरी निरीक्षक सन्जयसिह थापाले जानकारी दिए ।
सुनचाँदी पसलमा स्वर्ण मजदुरका रुपमा काम गर्दै आएका नरेश पत्नी र चार छोराछोरी सहित भाडाको घरमा वस्दै आएका थिए । केही महिना अघि पत्नी आशाले छोडेर गएपनि  नरेशले फर्काएर पुनः ल्याएका थिए ।
उनीहरु वस्ने कोठावाट यौनवद्र्धक भिएग्रा नामको औषधि फेला परेकोले नरेशले यौन असन्तुष्टिकै कारण पत्नीको हत्या गरेको प्रस्ट भएको प्रहरी निरीक्षक थापाले वताएका छन् । फरार नरेशको खोजी कार्य भईरहेको प्रहरी भनाई छ ।
तपाईको प्रतिक्रिया