Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- राजधानीमा तीन दिनदेखि दिनहुँ झरी परिरहेको छ । दिनहुँजसोको वर्षाले कतिपय बालीनालीलाई नोक्सानी पुगेको छ भने लगाउनेबेला भएका बालीलाई फाइदा पुगेको छ ।
हावाहुरी सहितको असिनापानीले गहुँबाली तथा भर्खर फूल खेल्न र चिचिला लाग्न थालेका फलफूलमा नोक्सानी पुगेको किसानले बताएका छन् ।
काठमाडौमा बुधबार बिहानको तापक्रम तापक्रम १३ डिग्री सेल्सियस थियो । दिउँसो तापक्रम बढेर २५ देखि २७ डिग्रि सेल्सियससम्म पुग्न सक्ने छ ।
घैया धान र मकै लगाउने किसानलाई भने अहिलेको पानीले फाईदा पुर्‍याएको छ । कतिपय किसानले धान र मकै लगाइसकेका छन् भने कति खनजोतको तयारीमा छन् । वर्षे बाली र तरकारीको लागि अहिलेको पानी उपयुक्त मानिन्छ ।
काठमाडौ सहित देशका बिभिन्न ठाउँमा बुधवार पनि पानी परेको छ । दिउँसोपछि भने मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया