Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– लडाकु शिविर नेपाली सेनालाई जिम्मा दिने निर्णयको विरोधमा माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले आह्वान गरेको एक घण्टे चक्काजाममा कार्यकर्ता घटेका छन् ।
अघिल्ला आन्दोलनमा हुरुरु निस्कने वैद्य कार्यकर्ता बुधबार जनमोर्चाको झैँ फाट्फुट् देखिए । आम जनताको चाहना शान्ति प्रक्रिया पूरा होस् भन्ने रहेकाले वैद्यको आन्दोलनमा घटेको बताइएको छ ।
राजधानीमात्र होइन पूर्वाञ्चल र मध्यमाञ्चलका जिल्लाहरुमा पनि कार्यकर्ता कम देखिए । अन्य क्षेत्रमा त झन् कम थिए । प्रधानमन्त्री भट्टराईले शिविर जिम्मा दिन प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई निर्देशन दिएलगत्तै वैद्य पक्षले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको थियो ।
समूहले लडाकु शिविर नेपाली सेनालाई जिम्मा दिने निर्णयको विरोधमा बुधबार साँझ अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया