Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
प्रहरीद्वारा अभियुक्त सार्वजनिक
बिर्तामोड (झापा)- झापाका पत्रकार यादव पौडेलको हत्या प्रकरणबारे प्रहरीले बुधबार अभियुक्त सार्वजनिक गरेको छ ।
एसपी तारणीप्रसाद लम्साल पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेका हुन् । पौडेल सम्पादक रहेर निस्कन लागेको पत्रिकाका प्रकाशक युवराज गिरी र होटल सञ्चालक पति पत्‍नी सोम र मञ्जु ढकाललाई प्रहरीले सार्वजनिक गरेको हो ।
पत्रकारसामु मञ्जु ढकालले युवराज गिरीले छतबाट खसाल्दा पौडेलको मृत्यु भएको बयान पत्रकारसामु दिइन् । प्रहरीले हत्या तात्कालिक परिस्थितिले भएको र पत्रकारितासँग नजोडिएको बताएको छ।
प्रहरीका अनुसार राति ११ बजे गिरी र पत्रकार पौडेल ढकालको होटल पूर्वाञ्चल सेकुवा कर्नर एण्ड लजमा गएका थिए । जबरजस्त छिरेका उनीहरुले राति अबेरसम्म मादक पदार्थ खाएका थिए ।
त्यहिबखत दुई जनाबीच लेनदेनमा भनाभन भएको थियो । गिरीले स्थानीय डन मदन राईसहित ४ जनालाई पत्रकार कुट्न बोलाएका थिए तर होटल सञ्चालक सोमले २५ मिनेटसम्म गेट नखोली सम्झाइ बुझाइ फर्काएका थिए ।
राई कुट्न आएको सम्झेर छतमा पुगेका गिरी, पत्रकार पौडेल र मञ्जुबीच यौन सम्बन्ध रहेको हुन सक्ने प्रहरी अनुमान छ । मञ्जुले आफूमाथि पत्रकार पौडेल अंगालो मार्न आएपछि गिरीसँग भनाभन भएको र गिरीले धकेलेर छतबाट खसालेको बयान दिइन् ।
यता प्रहरीले भने मञ्जु र प्रकाशक गिरीबीच विशेष सम्वन्ध भएकाले घटना यही कारण भएको मान्न नसकिने बताएको छ। तर पत्रकारितासँग घटनाको कुनै लेनदेन नभएको एसपी तारणीप्रसाद लम्सालले जानकारी दिए।
तपाईको प्रतिक्रिया