Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले लडाकु शिविर नेपाली सेनालाई जिम्मा दिने निर्णयको विरोधमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन गर्ने भएको छ ।
प्रधानमन्त्री भट्टराईले शिविर जिम्मा दिन प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई निर्देशन दिएलगत्तै वैद्य पक्षले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । ‘बुधबार बिहान १० बजेदेखि एक घण्टा देशभर चक्काजाम गर्ने निर्णय गरेका छौं,’ वैद्यपक्षीय सचिव सीपी गजुरेलले भने, ‘अध्यक्ष र प्रधानमन्त्रीको पुतला पनि जलाउँछौं ।’
वैद्य पक्षले सेनालाई शिविर जिम्मा दिने निर्णय आत्मसमर्पणको पराकाष्ठा भनी टिप्पणी गरेको छ । यसैबीच मंगलबारै विज्ञप्ती जारी गर्दै वैद्य र महासचिव रामबहादुर थापाले सेना समायोजन विशेष समितिको निर्णयको विरोध गरेका छन् । ***
तपाईको प्रतिक्रिया