Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाण्डौ- प्रधानमन्त्री डा. बावुराम भट्टराई र प्रधानसेनापति छत्रमानसिंह गुरुङबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।
सेना समायोजन विशेष समितिको बैठकपछि भएको भेटमा प्रधानमन्त्रीले विशेष समतिले गरेका निर्णय कार्यान्वयनका लागि प्रधानसेनापति गुरुङलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले नेपाली सेना र माओवादी सेनाका लडाकुहरु दुवै नेपाल सरकारका सुरक्षा शक्ति हुन् भन्ने भावका साथ काम गर्न प्रधानसेनापतिलाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीले दुवैले सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्दै समायोजनको भावसहित काम गर्न निर्देशन दिनुभयो ।
समायोजनको स्प्रीट अनुसार अगाडि बढ्न निर्देशन दिदै प्रधानमन्त्रीले शान्ति प्रक्रियालाई सघाउ पुग्ने काम गर्नुपर्ने बताउनुभयो । ***
तपाईको प्रतिक्रिया