Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
विराटनगर- नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सातबुंदे सहमती अनुरुप चैत्र महिना भित्र शान्ति प्रकृया टुंगो लाग्ने बताउनुभएको छ ।
विराटनगर विमानास्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै नेता नेपालले सेना समायोजनको विषयले अड्को थापेकोले यसलाई दर्जा लिने र दिनेको रुपमा नलिई मापदण्ड अनुसार समायोजन गरेर टुंग्याउनुपर्ने बताउनुभएको हो । उहां दिने र लिने नभएकोले माओवादी लडाकुहरु सेनाको मापदण्ड पुरा गर्न योग्य भए जर्नेल र कर्णेलमात्र नभई ठुलैपद किन नपाउने ? भन्नुभयो ।
समय कम भएकोले चैत्र ३० गेतभित्र सेना समायोजनको विषय टुंगो नलागे संविधान बन्न गाह्रो हुने बताउंदै नेता नेपालले नयां माग नउठाउने र सात बुंदे सहमती अनुसार सबै काम गर्ने हो भने सहमतीको दस्तावेजको रुपमा जेठ १४ भित्र संविधान निर्माण हुने दावी गर्नुभयो । नेता नेपालले संघियताको विषयमा हतारमा कुनै निर्णय नगरौं भने र सहमती गर्न केहि छलफल गर्न बांकी रहेको बताउंदै ६ देखि १५ वटाको विचमा प्रदेशहरु हुने उल्लेख गर्नुभयो ।
तपाईको प्रतिक्रिया