Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायामाझीले बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’लाई राजावादीसँग साँठगाँठ रहेको आरोप लगाएपछि माओवादीभित्र अर्को विवाद शृंखला सुरु भएको छ ।
माओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराई निकट व्यक्तिले आरोप लगाएले यसबारे भट्टराईसँग स्पष्टिकरण लिने तयारी वैद्य पक्षको छ । ‘टोपबहादुरजी बाबुराम र हिसिलाले जे सिकाउँछन्, त्यहि बोल्छन्,’ वैद्य निकट एक नेताले भने, ‘हामी बाबुरामसँग यसो किन बोले सोध्छौं ।’
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा स्थानीय विकास मन्त्रीसमेत रहेका रायमाझीले वैद्यको साँठगाँठ राजावादीसँग रहेको आरोप लगाएका थिए ।
नेता रायमाझीले  मोहनबिक्रम सिंह, चित्रबहादुर केसी, कमल थापा र आफ्नै पार्टीका उपाध्यक्ष मोहन बैद्यको सम्बन्ध दरबारीयासँग रहेको बताएका थिए । उनले भनेका थिए, ‘मोहन बिक्रम सिंह, कमल थापा र किरणजीहरुको ट्रेण्ड दरबारियासँग मिल्छ, उनीहरुको कदम दरबारिया, प्रतिक्रान्तिकारी, प्रतिक्रियावादी र घातक छ ।’
तपाईको प्रतिक्रिया