Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ- प्रधानमन्त्री बाबुराम भट्टराईले रिक्त रहेको सूचना तथा सञ्चार र कृषि तथा सहकारी मन्त्रालयमा सोमबार मन्त्रीको नियुक्ति गर्दैछन् । सत्ता साझेदार मधेशी जनअधिकार फोरम(गणतान्त्रिक)को भागमा दुई वटै मन्त्रालय रहेको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले मागे अनुसार फोरम(गणतान्त्रिक)ले ती दुई वटै मन्त्रालयमा नियुक्त हुने हरुको नाम बुझाइसकेको छ । स्रोतका अनुसार सञ्चारमा पार्टीका कार्यवाहक अध्यक्ष राजकिशोर यादव तथा कृषिमा अकवाल अहमदले नियुक्ति पाउँदैछन् । पार्टी नेतृत्वले नाम भने गोप्य राखेको छ । अपरान्ह ४ बजे राष्ट्रपति निवास शितल निवासमा शपथको कार्यक्रम समेत तय भइसकेको छ ।
फोरम(गणतान्त्रिक) बाटै बिनाबिभागीय मन्त्री रहेका राजलाल यादवले पनि सिफारिस गरिएको नाममा कार्यवाहक अध्यक्ष यादव र अकवालको नाम सुनेको बताए । उनले पार्टी नेतृत्वले नाम सार्वजनिक नगरेकोले आफू समेत सही सूचनाबाट अनभिज्ञ रहेको जनाए ।
भ्रष्टाचार मुद्दामा तात्कालिन सूचना तथा सञ्चारमन्त्री जयप्रकाश गुप्ता जेल गएको र पार्टीको सिफारिसमा प्रधानमन्त्रीले कृषिमन्त्री नन्दनकुमार दत्तलाई पदमुक्त गरेपछि दुवै मन्त्रालयमा केही समययता मन्त्री थिएनन् ।
तपाईको प्रतिक्रिया