Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- राष्ट्रिय जनमोर्चाले सोमबार बागमती अञ्चल बन्द आहृवान गरेको छ ।
राजमोले संघीयताको बिरोधका साथै शान्ति र संविधान तोकिएकै समयमा दिनुपर्ने मागसहित सोमबार बागमती अञ्चल बन्द आह्वान गरेको हो । बन्द सफल बनाउन उसले बिभिन्न प्रचारात्मक कार्यक्रम गर्दै आएको छ ।
यसैबीच बागमती बन्दका लागि प्रचार प्रसारमा हिडेका राष्ट्रिय जनमोर्चाका चार कार्यकर्तालाई प्रहरीले आइतबार राजधानीमा पक्राउ गरेको छ ।
महाराजगञ्जमा माईकिङ गर्दै हिडेका अनेरास्ववियु छैटौंका केन्द्रीय सदस्य विष्णु पुनसहित चार जनालाई पक्राउ गरेको राजमोका उपाध्यक्ष गोविन्द थापाले जनाएका छन् । उनका अनुसार प्रहरीले प्रचार प्रसारका सामाग्री खोसेर राखेको छ ।
उनले राजनीतिक माग राखेर प्रचार प्रसारमा उत्रिएका आफ्ना कार्यकर्ता पक्राउ गरेकोमा सरकारको आलोचना गरे । शान्ति पूर्ण प्रचार प्रसार वा कार्यक्रममा प्रहरी लगाएर दमन हुनु भनेको पञ्चायती व्यवस्थाको अनुभूति दिलाउनु हो भने । उनले भने, ‘सरकारको यस्तो निष्कृष्ट कार्यको भण्डाफोर गर्छौं ।’
तपाईको प्रतिक्रिया