Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
वीरगंज- पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले समाजमा रहेका अपराधी र तस्करसँग आफु कुनैपनि हालतमा नडराउने बताउनुभएको छ ।
पर्साको लहावर थकरी गाविसको प्रहरि चौकी खेश्राहा परिसरमा स्थापित नवनिर्मित दुर्गा मन्दिरको उदघाटन गर्दै प्रउ खरेलले सिमा क्षेत्रमा हुनेगरेको अपराध,अपराधी तस्करीलाइ भारतीय सिमा प्रहरी तथा जनताको सहयोगले पुणरुपमा नियन्त्रण गरेको बताउनुभयो । उदघाटन कार्यक्रममा प्रउ खरेलले आफु पर्सा जिल्लामा रहेसम्म शान्ति, अमन चयनको लागि दि्रद्ध रहेको बताउदै समाजमा रहेका अपराधी , तस्कर तथा दलालसँग कुनैपनि हालतमा सम्झौता गर्न नसकिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले त्यस्ता कुनै सुचना भए आफुलाई जानकारी दिन समेत आग्रह गर्नुभयो । नेपालमै प्रसिद्ध रहेको अबैद्ध लागु औषध गाँजा खेती पुर्ण रुपमा नियन्त्रण गरेको दाबी गर्दै बैज्ञानिक तरीकाले खेती गर्न सुझान समेत दिनुभयो ।
गाविस लहावर थकरीको आर्थिक सहयोगमा निर्मित मन्दिरको उदघाटन कार्यक्रममा गाविस सचिव रामबहादुर साह, शिक्षक गाया साह, लगायतका ब्यक्तिहरुले गाविसको सुरक्षा अवस्थाको बारेमा आफनो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम प्रहरी चौकी इन्चार्ज रामकृष्ण कार्कीको सभापतित्वमा सम्पन भएको थियो ।
तपाईको प्रतिक्रिया