Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- श्रम तथा यातयात व्यवस्था मन्त्री एम एस थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टीले आगामी बैशाख ३, ४ र ५ गते नेपाल बन्दको घोषणा गरेको छ ।
जातीय स्वयत्तता, पहिचान र सामथ्र्यको आधारमा राज्यको नयाँ संरचना बन्ने समय सीमालाई ठूला दलहरुबाट सत्ता र पार्टी स्वार्थमा घात प्रतिघात हुन थालेको र संविधानसभा विघटन गरी मुलुकलाई अन्योल र अस्थिरतातार्फ धकेलेर संघीयता नै खारेज गर्ने षड्यन्त्रको भण्डाफोर गर्न राष्ट्रिय जनमुक्ति पार्टीले नेपाल बन्दको घोषणा हो ।
आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले संघीय गणतन्त्र, जातीय स्वयत्तता, स्वशासन, पहिचान र सामथ्र्यको आधारमा राज्यको नयाँ रचना अविलम्ब कायम नगरे मुलुक गृह युद्धमा जाने चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आन्दोलन परिचालन समितिका  संयोजक के.पी. पालुङ्वाले ठूला पार्टीहरुले २०४७ सालको संविधानमा गणतन्त्र थपेर किस्ताबन्दीको संविधान जारी गर्ने कुचेष्टा गर्दैछन, संघीयतालाई थाती राखेर जारी गरेको संविधान हामी जलाउने छौं भन्दै संघीयता विरोधीहरुलाई होसियार हुन चेतावनी दिए ।
पालुङ्वाले भने- नेपाल बन्दको लागि ७५ वटै जिल्लामा कार्यकर्ताहरु परिचालन गरि सकिएको छ, बैशाख ३, ४ र ५ को नेपाल बन्दलाई कसैले असफल बनाउन चेष्टा गर्छ भने त्यसको प्रतिकारका लागि तयारी पनि भैसकेको छ ।
पार्टी उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक समेत रहेको पालुङवाले भने- हामीले मन्त्रीकै निर्देशनमा नेपाल बन्द घोषणा गरेको र मन्त्री थापाकै अध्यक्षतामा केही दिन अधि राजधानीमा बसेको बैठकले नेपाल बन्द गर्ने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया