Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
इटहरी- एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले आउँदो जेठ १४ मा संविधान आएपनि जनता विरोधीहरुको संविधान आउने बताउनुभएको छ ।
एकीकृत नेकपा माओवादी जिल्ला संगठन समिती सुनसरीले आज इटहरीमा गरेको वैद्य पक्षिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन आउनुभएका नेता बादलले पत्रकारहरुसँग कुरा गर्दै जेठ १४ मा जनता संविधान आउने संभावना नरहेको बताउनुभएको हो ।
माओवादी लडाकुहरुको सम्मान जनक समायोजनका लागी १२ बुदे सम्झौता भएपनि दलहरुबिच पछिल्लो समय भएको ७ बुँदेले समायोजनको विषयलाई सेनाको नयाँ भर्ति प्रक्रिया बनाएको उहाँको भनाई थियो । अहिले भईरहेको सेना समायोजन प्रक्रियालाई सेनाको नयाँ भर्ति प्रक्रिया भन्दै उहाँले दलहरुको सहमतिमा ६ हजार ५ सयलाई समायोजन भनिएपनि तोकिएको सबै मापदण्ड पुरा गर्दा ५ सय मात्रै लडाकु समायोजनमा पर्न सक्ने तर्क गर्नुभयो । ७ बुँदे सहमतीले लडाकुहरुको अपमान भएको उहाँले बताउनुभयो ।
वैद्य पक्षिय नेता कार्यकर्ताहरुलाई शान्ति र संविधान विरोधीको आरोप लगाईने गरेको प्रसंगमा कुरा गर्दै नेता बादलले वर्तमान सरकार र माओवादी संस्थापन पक्षलाई इंकित गर्दै उनीहरु नै शान्ति र संविधान विरोधि भएको बताउनुभयो । आफूहरुले देशव्यापी रुपमा थालिएको प्रशिक्षण पार्टी फुटाउन नभई पार्टीकै निर्णय अनुसार जनस्तरसम्म लैजान गरीएको बताउनुभयो ।
यसैबिच, सुनसरीका एक सय बढी अगुवा कार्यकर्ता सहभागी राजनितिक तथा वैचारीक प्रशिक्षण कार्यक्रममा नेता बादलले संस्थापन पक्ष विरुद्ध खरो रुपमा प्रस्तुत हुन वैद्य पक्षिय कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको श्रोतले जनाएको छ ।
प्रशिक्षणमा माओवादी उपाध्यक्ष मोहन वैद्य किरणको माओवादी केन्दि्रय समीति बैठकमा राख्नुभएको फरक मत र आगामी कार्य योजनाबारे कार्यकर्ताहरुलाई जानकारी गराईएको बताईएको छ ।
तपाईको प्रतिक्रिया