Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
उदयपुर- उदयपुरकी सभासद लक्ष्मी परियारमाथि आइतबार विहान कुटपिट भएको छ। ना ३ ख ५०७२ नम्बरको परेली यातायतमा काठमाडौंबाट गाइघाट आउँदै गरेकी सभासद् परियारलाई बिहान ५ बजे सालधारी चौकमा बस रोकेर ८/९ जनाको समूहले कुटपिट गरेको हो ।
परियारसँगै एउटै बसमा चढेर आएका राजन मगरको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
काठमाडौबाटसँगै आएका मगरसँग बाटोमा सभासद् परियारका कान्छा भाइ सन्दिप टेलरसँग वादविवाद भएको बिषयलाई लिएर युवकको समूहले बस रोकेर तल झारेर कुटपिट गरेकेा परियारले वताइन् । कुटपिटबाट परियारको अनुहार र तिघ्रामा चोट लागेको छ ।
एक प्रत्यक्षदर्शीका अनुसार गाडीमा सँगै रहेकी एक युवतिसँग ती युवकले अभद्र ब्यवहार गरेको देखेर सम्झाउन खोजेपछि युवक र परियारबीच चितवनको रामनगरदेखि नै विवाद हुँदै आएको थियो। पटकपटक विवाद गर्दै आएका उनीहरुबीच चर्काचर्की पर्दै गर्दा गाइघाट आइपुगेपछि ओर्लनु अघि गाडीभित्रै परियार र भाईमाथि हातपात गरेको परियारका भाई सन्दीप टेलरले बताए।
परियार कांग्रेसकी समानुपातिक सभासद् हुन् । उनी कांग्रेस क्षेत्र नम्वर १ उदयपुरको क्षेत्रिय सम्मेलनमा भाग लिन आएकी हुन् ।
तपाईको प्रतिक्रिया