Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
इटहरी- स्वास्थ मन्त्री राजेन्द्र महतोले संघियता सहितको संविधान जारी नभए मधेषमा मात्र नभएर पुरै देशमा आगो बाल्ने चेतावनी दिनुभएको छ ।
पहिचान र सामथ्र्यको आधारमा संघियता हुनुपर्ने भएपनि संघियतामा जानुपर्ने डरले संविधान नै नबनाउने षड्यन्त्र भईरहेको महतोको भनाई छ ।
रिपोर्टस क्लब सुनसरीले आज इटहरीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री महतोले संघियता विरोधि शक्तिहरुको षड्यन्त्रले जेठ १४ मा पनि सविधान आउने संभावना कम हुदै आएको बताउनुभयो । अन्तरीम संविधानमा पनि संघियताको विषय हटाईएपछि मधेषवादी दलहरुको आन्दोलनले त्यसलाई स्थापित गरेको प्रसंग निकाल्दै मन्त्री महतोले फेरी संघियता विरुद्ध षड्यन्त्र भए देशभरी आगो बाल्ने चेतावनी दिनुभयो ।
मधेषी विरुद्ध उठाईने औला काट्ने धम्की दिएर विवादमा आउनुभएका मन्त्री महतोले आफू हिंसावादी नभएकाले औला काट्ने कुरा नगरेको तर प्रतिकात्मक शब्द मात्र प्रयोग गरेको स्पष्ट पार्नुभयो ।
तपाईको प्रतिक्रिया