Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – वैदेशिक रोजगार व्यवसायी संघको २० औं साधारणसभाले बलबहादुर तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आगामी दुई वर्षका लागि छानिएको कार्यसमितिमा १७ सदस्य छन् ।

तीन प्रतिस्पर्धीलाई पछि पार्दै एमाले निकट प्रगतिशील समूहका तामाङ १ सय ८७ भोटका साथ विजयी भएका हुन् । उनले निकटम प्रतिस्पर्धी हंशराज वाग्लेले १ सय ८६ भोट पाए । वाग्ले कांग्रेसका बागी उम्मेदवार हुन् । अध्यक्षका प्रतिस्पर्धी रहेका कांग्रेस निकट किरणकिशोर घिमिरेले १ सय ८ भोट पाए । यस्तै माओवादी निकट प्रेम कटुवालले १ सय ३२ भोट पाए । कार्यसमितिका अन्य सदस्यमा भने वाग्ले प्यानलको वर्चस्व छ । विजयी भएका ९ जना वाग्ले प्यानलका छन् । तामाङ प्यानलका ७ जना विजय भए । कटुवालको प्यानलबाट सदस्य पदमा एक जना विजयी भए ।

संघको प्रथम उपाध्यक्ष पदमा वाग्ले प्यानलका ज्ञानप्रसाद गैर २ सय १४ भोटका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी तामाङ प्यानलका गोविन्द थपलियाले १ सय ६६ भोट पाए । द्वितीय उपाध्यक्षमा वाग्ले प्यानलका कुमुद खनाल २ सय २८ भोट पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तामाङ प्यानलका कमल पुरीले १ सय ४८ भोट ल्याएका थिए ।

तृतीय उपाध्यक्षमा वाग्ले प्यानका भूवन सिंह गुरुङ १ सय ९६ भोटका साथ विजयी भए । उनलाई तामाङ प्यानलका नरेश गेलालले १ सय ६८ भोटका साथ पछ्याएका थिए । महासचिवमा वाग्ले प्यानलका कमल तामाङ (२ सय ४१ भोटं) विजयी भए । उनका निकटतम प्रतिस्पर्धी तामाङ प्यानलका टंक रावतले १ सय ५५ भोट पाए ।

सचिवमा तामाङ प्यानलका सुवर्ण श्रेष्ठ (२ सय १९) भोटका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी वाग्ले प्यानलका रोहन गुरुङले २ सय २ भोट ल्याए । कोषाध्यक्षमा वाग्ले प्यानलकी शारदा न्यौपाने १ सय ८२ भोटका साथ विजयी भइन् । उनी निकटतम प्रतिस्पर्धी राधिका कटुवालले १ सय ८१ भोट पाएकी थिइन् । ***

तपाईको प्रतिक्रिया