Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
इटहरी- गएको बर्ष एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका सुनसरी भरौलका देबीप्रसाद रेग्मीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
एमालेको आमसभामा सहभागि हुने जाने क्रममा प्रहरीले रेग्मीलाई पक्राउ गरेको हो । रेग्मी सहभागि हुने भएपछी गएको बर्षझै कुनै नेतालाई झाप्पड हान्ने योजना हुनसक्ने भन्दै प्रहरीले सुरक्षा सतर्कता अपनाउन रेग्मीलाई नियन्त्रणमा लिएको बताइएको छ ।
इटहरीमा पूर्वाञ्चल स्तरीय विशाल जनसभामा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, केपि शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी लगायतका शिर्षस्थ नेताहरुको सहभागीता रहने जनाईएको छ । अध्यक्ष झलनाथ खनालसमेत सहभागि हुने भनिएको जनसभामा अध्यक्ष खनाल भने सहभागी नहुने बताइएको छ । अस्वस्थताको कारण देखाउदै उहा कार्यक्रममा सहभागि नहुने एमाले सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया