Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाप्रति असहमति राख्दै आएको माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले अब बाधक नबन्ने निष्कर्ष निकालेको छ ।
आफूहरुलाई शान्तिविरोधी भन्ने स्वयं अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले आरोप लगाएपछि वैद्य पक्षले यस्तो रणनीति बनाएको हो । वैद्य पक्षका महासचिव रामबहादुर थापा ‘बादल’ले सेना समायोजन प्रक्रियामा आफूहरुको असहमति भए पनि सम्मानजनक समायोजनको अवस्था आए शान्ति प्रक्रियाको बाधक नबन्ने बताउनु भएको छ ।
महासचिव थापाले शान्ति र संविधान निर्माणको प्रक्रियाबाट आपूmहरु भाग्न नखोजेको बरु सबै जनतालाई सम्मान हुने आधार संविधानले प्रत्याभुत गर्नुपर्ने मत राखेको बताउनु भयो । नेकपा एमालेले ७ बुंदे सहमतिको आधारमा समायोजन हुनुपर्ने प्रस्ताव अगाडि सारेर शान्ति प्रक्रियालाई अबरुद्ध पारेको आरोप लगाउंदै उहांले ७ बुंदेमै खोट रहेकोले अहिलेको विवाद देखा परेको दावी गर्नुभयो ।
७ बुंदे खारेज गरेर सम्मानजनक सेना समायोजन र जनताको चाहना अनुसार नयां संविधान निर्माण गर्न आपूmहरुले दबाबमुलक अभियान सञ्चालन गरि रहेको उहांको भनाई थियो । जेठ १४ मा नयां संविधान जारी नभए नयाँ विकल्पको रुपमा जनमत संग्रह हुनसक्ने अथवा जनविद्रोहको विधीले मुलुकले निकास पाउने उहाँले दावी गर्नुभयो । जनविरोधी अथवा जनताको पक्षमा संविधान जारी गर्ने भन्ने संघर्ष चलिरहेको बताउँदै महासचिब थापाले आफूहरुले पार्टीभित्रै यथास्थितिको विरोध गरेको उल्लेख गर्नुभयो ।
राज्य पुनर्संरचनाविनाको संविधानको कुनै अर्थ नहुने बताउँदै उहाँले पहिचान र सामर्थसहितको संघीयताको ज्ञारेण्टी संविधानमा हुनुपर्नेमा जोड दिनुभयो । जनयुद्ध सुरु गर्दाका ४० बुंदे माग छाडेर वर्तमान सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न सम्झौता गरेको थापाले अरोप लगाउनु भयो । जनताभन्दा भ्रष्ट, तस्कर र दलाल बढी सुरक्षित रहेकोले आफूहरुले वर्तमान सर कारको विकल्प खोजेको उहांको भनाई थियो ।
आप्mनो पार्टी फुट्ने वा जुट्ने भन्ने कुरा जेठ १४ पछि टुङ्गो लाग्ने बताउँदै महासचिब थापाले जनचाहना अनुसारको संविधान नआए जे ठ १४ पछि पार्टीमा विभाजन आउने बताउनु भयो । जनताको चाहना अनुसार संविधान जारी भयो भने पार्टी झन् एकढिक्का भएर जाने उहांको भनाई थियो । जनताको संघीय संविधान बनेन भने प्रसव वेदनामा रहेको नयां माओवादी पार्टी जन्मिने थापाको भनाई थियो ।
तपाईको प्रतिक्रिया