Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
मुम्बई- नेपाली व्यवसायी सम्राट् दाहालसँग लगभग सम्बन्ध विच्छेदको अवस्थामा पुगेकी अभिनेत्री मनीषा कोइराला दुई बच्चाकी आमा बन्ने सुन्दा अचम्म लाग्यो होला ।
तर यो वास्तविक जीवनमा होइन, रामगोपाल बर्माले बनाउन लागेको एक हरर फिल्ममा उनी दुई बच्चाकी आमा बन्नेछिन् । क्रेज घटिसकेकी मनीषालाई बर्माले आफ्नो चलचित्रमा लिने साहस गर्नु बलिउडमा नौलो विषय बन्न पुगेको एजेन्सीले उल्लेख गरेको छ । उक्त फिल्ममा मनीषालाई भूतको रोल दिइएको अड्कल काटिएको छ ।
तर, बर्माले भने मनीषालाई भूतको रोलमा नभई दुईटी बच्चाकी आमाको भूमिकामा उतार्ने बताएका छन् । मनीषा र बर्मा दस वर्षपहिले एउटै फिल्म कम्पनीमा काम गर्थे । विश्लेषकले मनीषाको फिल्मी करियर अन्त्य भएको भन्दै गरेको तात्तातो विश्लेषण सेलाउन नपाउँदै उनी फेरि बलिउडमा हामफाल्न लागेकी हुन् ।
तपाईको प्रतिक्रिया