Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाले मधेसविरोधी नरहेको बताएका छन् । केही संकीर्णहरुले मात्रै एमालेलाई मधेश विरोधीको आरोप लगाएको उनले बताए । शान्ति र संविधान निर्माणमा जनमत बुझ्न हिजोदेखि थालेको टेलिफोन सम्बादको आज दोस्रो दिन सर्लाही जिल्लाका पार्टीका नेता, नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
आफ्नै निबास डल्लुबाट उनले एमाले सर्लाहीका अध्यक्ष मनोजकुमार देबकोटा, बुद्धीजिबी कृष्णप्रसाद भट्टराई, नागरिक समाजका अगुवा डाक्टर सियाराम कुशवाह र संचारकर्मी चुडामणी वाग्लेलाई टेलिफोन गरेका थिए ।
भोलि खनालले हिमालपारीको जिल्ला मुस्ताङका पार्टीका नेता, नागरिक समाजका अगुवा, बुद्धीजिबी तथा संचारकर्मीहरुसंग संवाद गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए । अध्यक्ष खनालको यो अभियान शान्ति र संविधान निर्माणले पुर्णता नपाउँदासम्म दैनिक विहान ९ वजे देखि ९.४५ वजे सम्म जारी रहने बताइएको छ।
तपाईको प्रतिक्रिया